
उनको डिजाइनर पहिरनमा मोडलहरु क्याटवाक गर्दै र्याम्पमा र्ओलिए। युरोप,अमेरिका र एसियाबाट निम्त्याइएका अर्न्तराष्ट्रिय उपभोक्ता,फेसन विज्ञहरु फ्रन्ट रो मा बसेर नाली बेली केलाउँदै थिए। अष्ट्रेलियाका नामी फेसन डिजाइनरहरुले उही र्याम्पमा आफ्ना डिजाइन उतार्दै थिए। अन्तत उनको कलेक्सनले वाहवाही लुट्यो। फेसन विक को त्यो सफलता सजिलो थिएन।
… रातभर सुतिन , फेसन विक कै लागी बिहानको तीन बजे सम्म लुगा सिलाएर बसें' उनी सुनाउँछिन्। न फेेसन विक कै खातिर जागिर छोड्ने स्थिती थियो , न यो भन्दा अर्को राम्रो मौका आउने वाला थियो। बरु महिना भरको खटाइले पक्कै केही न केही होला।

फाइनल स्केच तयार भएपछि पनि कति पयले ब्राइट कलरमा आपत्ती जनाए। तर उनी तर्क सहित आफ्नै अडान छोडिनन्। आखिर त्यही … ब्रेक दि रुलस्' फर्मुलाले फेसन विकमा धमाका गर्यो।
गर्मीका बेला लाइटवेट उल जस्ता फ्याब्रिक र बोल्ड कलरको प्रयोग ट्रेन्ड बिपरित थियो। तै पनि उनको नौलो प्रयोगमा खोट लगाउने ठाँउ थिएन। त्यती मात्र होइन , अर्दी टोनमा बनाइएका पहिरन र एक्सेसरिज पनि पनि उत्तिकै आर्कषक रह्यो।
… फाइनल टच दिन सजिलो छैन' उनी भन्छिन् … चित्त नबुझेको खन्डमा अन्तिम घडीमा डिजाइन हेरफेर गर्ने स्ििथत समेत आउँछ '
स्लिक स्त्रि्कन प्रिन्ट टेक्निक बाट तयार गरिएका रङ्गीबिरङ्गी प्रिन्टका पहिरनका कारण पनि उनी चर्चामा रहिन्। हट पिङ्क,ब्लड ओरेन्ज,मर्स्टड यलो,ओलिभ ग्रिन र सिल्भर ग्रे जस्ता … बोल्ड कलर ' उनको कलेक्सनमा देख्न पाइन्छ।
…रङ सँग खेल्नु मेरो विषेशता हो' उनले सुनाइन् … यसका लागी म अलेक्जेन्डर मक्विन बाट प्रभावित छु '। फेब्रुअरी दोश्रो हप्ता शुरु भएको लन्डन फेसन विक को ठिक अघिल्लो दिन , मक्विन ,लन्डन स्थित आफनै घरमा मृत अवस्थामा फेला परेका थिए। त्यस बाहेक उनको अर्का प्रेरणाको स्रोत एन्डी गोल्डस्वर्थि पनि हुन्। जसको इन्स्टलेसन आर्ट बाट सिमाका कलेक्सन प्रभावित थिए।
… पुरानो कुरा लाई नयाँ ढंगले सोच्छु ' विमेन्स् वेयरमा दक्ष सिमा भन्छिन् … यसो गर्दा फरक चिज निस्कन्छ भन्ने मेरो विश्वास छ। '
बजारमा के बिकिरहेको छ? उपभोक्ताको रुचि के मा छ? यसलाई मध्यनजर राखेर काम गर्नु फेसन डिजाइनरको विशेषता हो। … तर , चलिरहेको ट्रेन्ड पछ्याउने कुरामा मलाई विश्वास छैन। बजारमा चलिरहेको भन्दा फरक के बिकाउन सकिन्छ त्यो महत्वपुर्ण हो। ' सिमा भन्छिन्।
नर्सिङ देखी डिजाइनिङ

जहाँ इच्छा ,त्यहाँ उपाय। पार्ट टाइम काम गर्दै फेसन डिजाइन पढ्न कसो नसकिएला? धेरै अप्ठ्याराका बाबजुद पनि उनले समय मिलाएर फेसन डिजाइन मा एडभान्स डिप्लोमा गर्न भ्याइन्। त्यसपछि उनी सेन्ट जर्ज अस्पताल,सिड्नीकी नर्स मात्र होइनन् , संभावना बोकेकी फेसन डिजाइनर समेत बनिन्।
सिड्नीको पत्रपत्रिकामा उनको डिजाइनको चर्चा हुन्छ। तर नर्सिङ छोडिहाल्ने पक्षमा छैनन् उनी। … जीवनमा कुनै कुरा पनि अत्तालिएर गरिनँ ' उनी भन्छिन् … कुरा कुन ढोका कति बेला खोल्ने र कहाँ जाने भन्ने हो '
अस्ट्रेलियन फेसन विक सम्म पुग्न उनलाई धेरै कुराले प्रेरित गर्यो। तर , पहिलो भुमिका आमाकै (याम माया गर्बुजा पुन) हो भन्ने लाग्छ सिमालाई। …सेइकङ बस्दा आमाले बुनेको रङ्गीबिरङगी स्वटेर,पन्चो,मफलर ओढ्न पाउँदा मख्ख पर्थें ' उनी आफ्नो बाल्यकाल सम्भि्कन्छिन् … मलाई उही बेला देखी फेसन प्रति चाख जागेको ठान्छु '
हाई स्कुल सिध्याउने बेला सम्म उनी हङकङमा भित्रिएका ट्रेन्डी पहिरन छानी छानी लगाउन सक्ने भइसकेकी थिइन्। बुबा (लाल बहादुर गर्बुजा पुन) बृटिश गोर्खा सैनिकमा भएकाले कार्यक्रममा केही पटक बेलायतकी पुर्व राजकुमारी डायनालाई नियाल्ने अवसर मिल्यो। तिनै डायनाको व्यक्तिवले पहिरनको महत्व सँग आफु नजिकिएको उनी मान्छिन्।
काठमाडौं कलिङ
अघिल्लो हप्ता उनले इमेल मार्फत उत्तर पठाइन्। साथमा लेखिएको थियो … घरायसी कामको सिलसिलामा अचानक काठमाडौं आउन पर्यो '। फर्कन भन्दा दुई दिन अघि मात्र उनी भेटघाटका लागी राजी भइन्।
सोमबारको भेेटमा उनी जिन्स र कन्भर्समा थिइन् , कलेज गर्ल जस्तो। संसारका ९० प्रतिशत फेसन उपभोक्ता झैं उनलाई पनि जिन्स नै प्यारो रहेछ। … कर्म्फटेबल र आउटडेटेड नहुने भएकोले पनि यो धेरैको प्रिय बनेको हो' उनले भनिन्।
लामो समय पछि काठमाडौं ओर्लिदा अन्तै पुगे जस्तो लाग्यो रे। ९४ सालको त्यो काठमाडौं। … धेरै कुरा बद्लिइसकेछ , खास गरि फेसन ' उनले ठट्टा गरिन् …युरोपको गल्ली तिर छिरे जस्तो लाग्यो। तर छिप्पिरहेकेा प्रदुषणले ठाँटिएर हिड्नेको के गति होला?'
हो ,यहाँ जस्तो सुकै फेसन गर्नेहरु पनि भेटिन्छन्। हिपहप, पङ्क,जिप्सी सबै किसिमको फेसन गर्नेहरु यहाँ भेटिन्छन्। बजेटका हिसाबले यहाँको फेसनमा मास मार्केटको बोलबाला छ। तर सिड्नीमा संसारका नामी डिजाइनरहरुका रेडी टु वेयर पहिरिनेहरु पनि निक्कै बिक्छ। यहाँ सम्मकी हट् कट्युर् मा पैसा खर्च गर्न सक्नेहरु पनि थुप्रै छन्। तर त्यस्ता डिजाइनर आउटलेट समेत नेपालमा छैन।
…तै पनि काठमाडौं फेसनेबल छ ' सिमा भन्छिन् … ग्लोबलाइजेसनको यो प्रभावलाई मान्नै पर्छ '। आखिर फेसनले कुनै ब्रान्ड ब्रान्ड भन्दैन , जे अत्याधिक रुचाइन्छ त्यही फेसन ट्रेन्ड बन्छ।
पैसाकै हिसाब गर्ने हो भने, काठमाडौंको तुलना सिड्नी सँग गर्न नसकिने उनी बताउँछिन् … सिमित पैसामा पनि यहाँ गतिलो चिज किनमेल गर्न सकिने रहेछ ' उनले भनिन् … खास गरि ठमेलमा '।
दरबार मार्ग,सिटी सेन्टर र विशाल बजार जस्तो ठमेलमा ब्रान्डको लेखाजोखा चल्दैन। तर त्यहाँ उनले खोजे जस्तो एक्सेसरिज फेला पारिन्। …ब्रान्ड भन्दा महत्वपुर्ण कुरो कसरी पहिरिने र आफुलाई के सुहाँउछ भन्ने हो ' उनले थपिन्।
प्रविधिले संसार नै औलाको भरमा चल्ने भै सक्यो। व्यस्त भए सिमा अनलाईन सपिङ गर्छिन्। कम्प्युटरमा बस्यो अनि मनपरेको सामान अर्डर गर्यो , बस् , झन्झट नै साफ। फुर्सदका बेला चाँही उनी सिड्नीको प्याडिङटन,बोन्डी,अक्सफोर्ड स्ट्रिटमा सपिङ जान्छिन्।
काठमाडौंवासी मात्र हैन ग्लोबलाईजेशनले ८० प्रतिशत शहरियाहरुलाई फेसन कन्सियस बनाएको छ। तर, अन्य चिज जस्तै फेसन पनि मिसयुज भएको छ। प्रसङ्गमा उनले प्रस्टाइन् … अहिले बाहिर निस्कने हो भने आर्कषक देखिन कठाग्रिन तयार हुने अनगिन्ती छन्।
यस्तो फेसन आफ्नै शरिर माथीको अन्याय ठान्छिन् सिमा। बाक्लो ,न्यायो लुगा लगाएर पनि आर्कषक देखिन सकिन्छ। यो सिमा पुनको मान्यता हो। … मान्छेको व्यक्त्वि लुगा हैन ,त्यही लुगा कसरी र कति आत्मविश्वासका साथ पहिरिन्छ भन्ने कुराले मान्यता राख्छ ' उनको बुझाई छ।
सिड्नीमा पनि अधिकांश युवतीहरु अहिले सर्टस् नै लगाउँछन्। तर , त्यहाँको मौसम काठमाडौंको भन्दा ठिक उल्टो छ। अर्थात् गर्मी। सिमा भन्छिन् … पहिरन भनेको नै मौसम अनुसार जीउको ख्याल राख्न बनाइएको हुन्छ , त्यसै अनुरुप पहिरिनु नै फेसनको सही सदुपयोग हो।'
