आइतवार, 28 फेब्रुअरी 2010 09:55

रातो' गृहकार्य

Written by खगेन्द्र संग्रौला
Rate this item
(1 vote)
राजाको निरंकुश पञ्चायती राजमा रातो रंग भयंकर आखेटमा परेको थियो। महेन्द्रपुत्र ज्ञानेन्द्रको फौजी हैकमकालमा खासाको रातो ज्याकेटले मलाई झन्डै बितायो
…रातो राम्रो गुलियो मिठो,' …रातो र चन्द्र–सूर्य जंगी निसान हाम्रो,' …रातो टिका निधारमा टलक्क टल्कियो,' …रातो भाले क्या“एक–क्वाए“क सुत्केरीलाई ख्वा“या“,' …कुच मार्दै वेगिए राता सिपाहीहरू क्रान्ति नदीको तीरैतीर'


ज्यानलाई खोजीखोजी आइलाग्ने झ्याउलाहरू पनि कति हुन् कति! यसपाला आइलाग्यो …रातो'को झ्याउलो। चल्तीको राष्ट्रवादबाट च्युत भएको हिन्दीकृत कम्निस्ट भाषामा भन्ने हो भने यो …लाल झ्याउलो' हो। अजित बरालले बिजुलीवाणीमा भने — होली पर्‍यो रंगको उत्सव। यो उत्सवमा हामीलाई रंगविमर्श फर्माउने बुद्धि फुर्‍यो। रंगज्ञानीहरूलाई रंग बा“ड्दै जा“दा …रातो' पर्न गयो यहा“को भागमा। फुर्सद र जा“गर भए सकिन्छ केही लेख्न?

अकमकाउ“दै भने“ — खै, रातोबारे के लेख्ने? र, अपेक्षित पाठको बान्कीबारे खुल्दुली प्रकट गरे“। सुदीप श्रेष्ठले मार्गदर्शन गरे — दाइ,
…रातो' शब्द हुनुपर्छ। बस्, अरू जे लेखे पनि हुन्छ। सोचे“, अचेल अखबारको बजारमा मारामार प्रतिस्पर्धा छ। यो …रातो'को नुतन झ्याउलो प्रकाशनद्वारा पाठक र विज्ञापन आफूतिर खिच्ने चतुर्‍याइ“युक्त चालबाजी हुनुपर्छ। के लाग्छ, ख्यालख्यालमै चालबाजीमा म फसिहाले“।

जब फसे“, मनमा असहज तर्कना उठ्न थाल्यो — हैन, मेरो भागमा …रातो' नै किन पारिएको होला? सके यी युवाहरू ठान्दा हुन्, म …लाल' हु“। तर, यो लुतुरे ठनाइ हो। म केको लाल, केको दक्ष? इतिहासको यात्रामा म त फगत एक लुखुरलुखुर पथिकमात्र। मेरो तर्कनाको त्यान्द्रो अर्कोतिर मोडियो। के सोचेर कुनकुन रंग क–कसका भागमा पारिए हुनन्? भाग लाउने जिम्मा मलाई दिएको भए पात्र चयन म क्या काइदाले गर्दो हु“! रुचि र हैसियत हेरी रातो मोहन वैद्य किरणका भागमा, निलो नरहरि आचार्यका भागमा, पहे“लो प्रकाशचन्द्र लोहनीका भागमा। अनि कालो? रिसानी माफ होस् जी, कालोको जवाफ किञ्चित कालै छ। कुल्चाइ, चुसाइ र ठगाइमा परी जीवनको किनारातिर मिल्किएका बहुविध नेपालीहरू संघीयतालाई इतिहासले आफूलाई दिएको अनुपम उपहार ठान्दा हुन्। तर, मोहनविक्रम सिंहलाई भने संघीयताले मुलुक टुक्र्याएरै छाड्ने भो भनी औडाहा भएको छ। यी सिंह परे जमानाका मेरा वाम राजनीतिक गुरु। सांस्कृतिक र मनोवैज्ञानिक धरातलमा नेपाली समाज कहिले एकीकृत भएको थियो र अहिले यो टुक्रिने भो गुरुजी भनी सोध्न मलाई धक लाग्छ। र लाग्छ, यिनको बा“की जीवनको एकमात्र सपना कोपिलैमा संघीयताको बध गर्नु हो। तर, गर्ने कसरी? बरा यिनलाई फसाद छ। त्यसैले यिनलाई दुःखमुक्त गर्न म कालो रंग यिनै गुरुदेवका भागमा पारिदिन्थे“। कालो रंगले संघीयताको शिशुमाथि खग्रास ग्रहण लगाएर त्यसको बध गर्न पाउ“दा सके मेरा परम पूज्य गुरुलाई परम आनन्द हु“दो हो। तर, चेलाले मौका पाएन, गुरु चिन्तैचिन्ताले खिएर सकिने भए!

विचारै नगरी हुस्सु तालले सकारेको …रातो'को गृहकार्य मेरो टेबुलमाथि छ। ठिटा बाठा रहेछन्। सोचे हुनन्, चाबेलमा अनिकाले मुलुकको दुर्लभ अन्न खाएर अल्छ्याइ“ गर्दै त्यो बुढो सुतेको छ। रंग उत्सवको औसरमा अन्न उपता गर्न त्यसलाई काममा किन नजोतू“? ख्यालठट्टामै तिनले मेरो का“धमा घ्याप्प जुवा नारे। बचन सजिलै गिर्‍यो, अब रातोरूपी उत्सवी मेलोमा नजोतिन मलाई गाह्रो छ।
पिँढीमा पहारिलो घाममा बसेर अगाडिको विकासे लालुपातेमाथि दृष्टिपात गर्छु। बडाबडा थु“गा लर्काएर रहरलाग्दो गरी फुलेको छ त्यो। प्रकृतिको विराट क्यानभासमा अद्भुत कलाकाररूपी प्रकृतिका सात रंगमध्ये एक रंग हो यो मेरो लालुपाते। गम खान्छु, प्रकृतिमा रातोको अर्थ के हो? मलाई कुनै विलक्षण अर्थ खुल्दैन। प्रकृतिरूपी कुशल कलाकारले विविध रंगको संयोजन गरी सप्तरंगी सुन्दर चित्रको रचना गर्‍यो, जसमा एउटा पर्‍यो रातो। त्यो रातो छ। त्यो निकै चहकिलो छ। र, नै बा“की ६ रंगभन्दा त्यो फरक छ। लाग्छ, प्रकृतिको क्यानभासमा त्यसको पृथक पहिचान वा महत्ता यत्ति हो। तर, मानिसले धर्म, राजनीति र संस्कृतिमा रंगको प्रयोग गर्दा त्यसमाथि आफूखुसी अर्थ आरोपण गर्दोरहेछ। र, रंगहरू अर्थका नया“ औतारमा प्रकट हु“दारहेछन्।

…रातो' गृहकार्यमा घोत्लि“दै के थिए“ स्मृतिको झोलीबाट रातैरातोको गुन्जन सुनिन थाल्यो। …रातो राम्रो गुलियो मिठो,' …रातो र चन्द्र–सूर्य जंगी निसान हाम्रो,' …रातो टिका निधारमा टलक्क टल्कियो,' …रातो भाले क्या“एक–क्वाए“क सुत्केरीलाई ख्वा“या“,' …कुच मार्दै वेगिए राता सिपाहीहरू क्रान्ति नदीको तीरैतीर'। अनि रातोको लामो स्मृति–शृंखलाको पुछारमा गायनमा छद्म पोर्नोग्राफीका उस्ताद कुमार बस्नेत छिल्लिए —छोरीभन्दा आमा तरुनी लिपस्टिक पाउडरले, लान्छ क्यारे घुमाउन झिल्के डायभरले। म रातोबारे गम्दो छु, मेरा आ“खासामु रंग जगतमा रातोको वर्चस्वकारी रजगजको दृश्य खुल्दो छ। राजकीय विधिव्यवहारमा रातो रंग उपध्रै सम्मानित रहेछ। नपत्याए हेर्नुस्त, …रातो कार्पेट,' …रातो राहदानी,' …रातो किताब' आदि। चीनको आकासका राता तारा भनेर एडगर स्नोले फुर्क्याएका माओका छानिएका उक्तिहरूको नाउ“ …रातो किताब' थियो। श्वेत राज्यको किताबलाई किन …रातो किताब' भनिएको होला भन्ने खल्दुलीले जब मलाई कुत्कुत्याउ“छ, म भित्रभित्रै कितित्त हाँस्छु।

रातो कम्निस्टहरूको अति प्रिय रंग हो, र हो उत्तिकै प्रिय शब्द पनि। कम्निस्टहरू हिंसालाई शोषणकारी राज्यमाथि कब्जा जमाउने साधन मान्छन्। सायद त्यसैले रातोमाथि यिनको यति ठूलो मोह भएको होला। विडम्बनावश, हिंसामाथि अतिसय जोड दिने क्रममा कम्निस्टहरूले हिंसालाई साध्यकै तहमा महिमामण्डन गरेका अप्रीतिकर दृष्टान्तहरू थुप्रै छन्। पु“जीपन्थीहरू हिजोको रूस र चीनलाई होच्याउने अर्थमा …रेड रसिया' र …रेड चाइना' भन्थे। तर, …रेड आर्मी,' …रेड गार्ड,' …रेस स्क्वायर' आदि भने कम्निस्टहरू स्वयंले जुराएका सम्मानार्थी संज्ञाहरू हुन्। उहिल्यै पढेको सम्झन्छु, निकोलाई ओस्त्रोब्स्कीको …अग्निदीक्षा' उपन्यासमा राता मान्छेको धुमधामै बखान छ। त्यतै कतैबाट सापटी लिएर होला नेपालका माओवादी कमरेडहरू बडो प्रेमले …राता मान्छे' भन्ने गर्छन्। तिनले आफ्नो पथका जागरुक र जुझारू एवं शुरवीर र आत्मबलिदानी जनलाई …राता मान्छे' भनेका हु“दा हुन्।

…रातो'को गृहकार्यमा घोटि“दै गर्दा लाग्छ, …रातो'को गौरवमय उपस्थिति नभएको क्षेत्रै पो छैन कि! आनन्दी उत्सव होस् वा सहादतमुखी उत्सर्ग, शक्तिको उपासना होस् वा विजयको उन्मादी घडी, प्रणय मिलन होस् वा अभिनन्दनको क्षण, सधवाको सिउ“दो होस् वा रंगको सरगर्मी हुने पर्व होली — …रातो' यी सबैको शीर्षक हो। जीवनका अनुरागमय क्षणमा होस् वा आसामुखी क्षणमा, नारीहरू रातोले सजिएर चिरिच्या“ट्ट हुन्छन्। जोडा बा“धिने यज्ञमा होस् वा भनेजस्तो पोइ पाउन वा पाइसकेको पोइको सद्बुद्धि र दिर्घायुको कामना गर्दै तीजको ब्रतमा देवीदेउतासामु जुम्लाहात गर्दा होस्, नारीहरू सर्वांग रातै हुन्छन्। नारी र रातो रंगको साइनो नङमासुको साइनोसरहै छ।

हाम्रो राजनीतिमा रंगले पृथक परिचयबोधी औतार धारण गरेको म देख्छु। कम्निस्टको परिचय रातो, कांग्रेसको निलो र पञ्चको पहे“लो। रंगले चिनिने पात्र प्रतिगामी पर्न जा“दा बरा अबोध र निष्पाप रंग स्वयं नै बद्नाम भएको विद्रुप यथार्थ पनि दृष्टिगोचर नभएको होइन। राजा, पञ्च र मण्डलेहरूले जनमत संग्रहको माध्यमले पहे“लो रंगको हुर्मत लिएरै छाडे। अभिसप्त यो पहे“लो रंग अभिसापमुक्त हुन पूर्व पञ्च र मण्डलेहरू शाही दासताको सामन्ती संस्कारबाट मुक्त हुनैपर्ला। तर, पहे“ले रंगको उद्धारार्थ यी मुक्त होलान् कि कालक्रममा यिनको राजनीतिक प्रजाति खिइ“दै गएर सुन्यमा विलुप्त होला भन्न गाह्रो छ।

रंगविशेषमाथिको साम्प्रदायिक आधिपत्य मनुपिराहा रोग हो। यो रोगले कृष्ण पहाडीलाई लखेट्न लागेको सुन्दा मलाई दुःख लाग्यो। पहे“लो परिधान प्रिय लाग्ने पहाडी सांसारिक जोगी हुन्। यी जोगी मांस, मदिरा र मैथुनदेखि बाह्र हात पर बस्छन्। लोकतन्त्र र मानवअधिकारको विजयसिवाय जीवनमा न त यिनको कुनै सपना छ न त जपना र तिर्सना नै। बरा यी जोगीसमेत आफ्नो परिधानको रंगबाट पीडित हुन थालेछन्। एक दिन स्वयंप्रति व्यंग्य गर्ने मुद्रामा यिनले भने — बाटामा मलाई नमस्ते गर्ने मान्छे बढे। ठाउ“–कुठाउ“ टुप्पीधारी, चन्दनधारी र लबेदा–सुरालधारी जो पनि मलाई नमस्ते गर्न थाले। मेरो लोकप्रियता कसरी ह्वात्तै बढेछ भनेर म चकित भए“। पछि त ती नमस्तेकर्मीहरू मलाई सोध्न थाले — स्वामीजी, हिन्दु अधिराज्यपट्टि होइसिन्छ कि कसो?

जीवनअनुभव भन्छ — एक पशु चौपाया र पशुतुल्य हिंस्रक एक दोपायालाई रातो रंग फिटिक्कै मन पर्दैन। यो चौपाया उन्मत्त सा“ढे हो र यो दोयापा हो मैमत्त तानाशाह। राजाको निरंकुुश पञ्चायती राजमा रातो रंग भयंकर आखेटमा परेको थियो। महेन्द्रपुत्र ज्ञानेन्द्रको फौजी हैकमकालमा खासाको रातो ज्याकेटले मलाई झन्डै बितायो। मार्टिन चौतारीको सिर्जनशील लेखनवृत्ति खा“दै म धुलिखेलको एउटा लजमा बसेको थिए“। एक अपराह्न घाम ताप्न मास्तिर सडकछेउको डिलमा निस्के“। निस्कनु के थियो शाही फौजी जवानहरूले मलाई घेरिहाले। …यस्तो बेलामा यति रातो यो के लाएको?' भन्दै ती मेरो रातो ज्याकेटमाथि खनिए। म भुइ“भरि गरुड पुराणका पाता फि“जाएर बसेको थिए“। संकटकालीन बचाउ कार्यनीति अ“गाल्दै विनयशील भाकामा मैले भने“ — सर, म पण्डित हुन यत्न गर्दो पुरेत हु“।
बस्, धन्न गरुड पुराणले मलाई ज्ञानशाही आतंकबाट बचायो।

नरलोकमा कम्निस्ट सबैभन्दा कडा क्रान्तिकारी हुन्। र, सबैभन्दा कडा अभिवादन हो …लाल सलाम'। राष्ट्रवाद नेपाली कम्निस्टको देशभक्ति झल्काउने, पहिचान टल्काउने र भोट सोहोर्ने नारा हो। उपराष्ट्रपतिको बुई चढेर आएको हिन्दी भाषाले समस्त नेपाली भाषामाथि साम्राज्य जमाउन लाग्यो भनी अतिरञ्जित होहल्ला भइरहेछ। तैपनि हाम्रा राष्ट्रवादी कम्निस्टहरूले …लाल सलाम'लाई …रातो सलाम'मा रुपान्तर नगरेका देख्दा मलाई आश्चर्य लाग्छ।

युवा गुरुजी अजित र सुदीप, …रातो'को गृहकार्य कनीकुथी यस्तै भयो। रातो वा लालबारे यतिका कुरा भनेर पनि एउटा लालको अर्थ खुलाउन नसकेर म हारथाक भए“। रातो वा लाल कहलिन रातो क्रान्तिप्रति प्रतिबद्धता, निष्ठा, समर्पण र उत्सर्गको खा“चो पर्दो हो। हाम्रा कृष्णवर्णी मधेसी सीके लाल के कति कारणले जन्मजात लाल भएका हुन्?
Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45

कमेन्ट गर्नुस्


NagarikNews.com

अक्षर