१. ७५ वटै जिल्लाका भौगोलिक र जनसंख्यासम्बन्धी जानकारी।२. संविधानसभा निर्वाचन २०६४ को प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण निर्वाचन परिणाम।
३. गाविस/नपाको स्पष्ट नामकरणसहितको ७५ जिल्लाको नक्सा, जो नेपाल संघीयताको संघारमा उभिइरहेका बेला बढी नै अर्थपूर्ण हुनेछ।
४. ६ सय १ सभासदको फोटो, शैक्षिक योग्यता, व्यक्तिगत तथा राजनीतिक जीवनी।
५. ऐतिहासिक महŒव राख्ने १२ बँुदे सहमतिदेखि बृहत् शान्ति सम्झौता जस्ता महŒवपूर्ण दस्तावेज।
६. सडक सन्जाल देखाइएको नेपालको रंगीन नक्सा।
७. मदरल्यान्ड पब्लिकेसन प्रालिले प्रकाशकीयमा निम्न कुरा दर्शाएको छ —
क. विश्व मानचित्रमा नेपालले ०.१ प्रतिशत क्षेत्रफल ओगटेको छ।
ख. ०६२/०६३ को जनआन्दोलनद्वारा स्थापित संविधानसभाको निर्वाचनपछि …आफ्नो लागि आफै संविधान बनाउन पाउने' ऐतिहासिक संविधानसभा गठन भएको छ।
ग. आपसी मतभेद, इर्ष्या, राग र द्वेषलाई पर सारी नेपालको राजनीतिलाई सुधारको बाटोमा फर्काउन सहमति, सहकार्य र समझदारीलाई अंगीकार गर्नुपर्ने परिस्थितिको एउटै विकल्प दिएर नेपाली जनताले निर्वाचित प्रतिनिधिलाई ठूलो जिम्मेवारी दिएका छन्।
पुस्तकमा वर्णानुक्रममा सभासदहरूको सूची दिइएको छ। समानुपातिक निर्वाचनतर्फ समूहगत आधारमा दलहरूबाट निर्वाचित उम्मेदवारको संख्या यहाँ पढ्न पाइन्छ। त्यसपछि ताप्लेजुङबाट सुरु गरी कञ्चनपुरसम्म १९ पेजदेखि ४५५ पेजसम्म विभिन्न जिल्लाको विवरण दिइएको छ। सबै गाविस र नगरपालिकाको नाम खुल्ने गरी प्रत्येक जिल्लाको नक्सा दिइएको छ। त्यस जिल्लाको चार किल्लामा पर्ने देश वा जिल्लाको नाम दिइएको छ। भौगोलिक अवस्थिति, जिल्लाको क्षेत्रफल, महिला र पुरुष छुट्याई जिल्लाको जनसंख्या, महिला र पुरुष छुट्याई साक्षरता प्रतिशत, त्यस जिल्लामा रहेका सम्पूर्ण शैक्षिक संस्थाको विवरण, एक स्वास्थ्य संस्थामा निर्भर जनसंख्या अनुपात, बिजुली प्रयोग गर्ने जनसंख्या प्रतिशत, नेपालको जनसंख्यामा यस जिल्लाको अंश प्रतिशतमा, कुल कृषियोग्य जमिन, प्रसिद्ध धार्मिकस्थल, अग्ला हिमाल तथा पर्यटकीय वैशिष्ट्य बोकेका स्थानविशेषको उल्लेख गरी जिल्लाबासीलाई आवश्यक पर्ने टेलिफोन नम्बरसमेत यहाँ दिइएको छ। साथै, जिल्लामा भएका प्रमुख धर्मावलम्बी, जातजाति, प्रमुख मातृभाषा आदिबारे जान्नैपर्ने सूचना पनि समेटिएको छ।
पुस्तकमा दिइएका अन्य महŒवपूर्ण कुरा —
१. राजा त्रिभुवनले २००७ साल फागुन ७ गते दिएको शाही घोषणा।
२. तत्कालीन संयुक्त जनमोर्चा नेपालले वि.सं.२०५२ माघ २२ गते तत्कालीन देउवा सरकारलाई बुझाएको ४० सूत्रीय मागपत्र।
३. २०६२ मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे समझदारीपत्र।
४. राजा ज्ञानेन्द्रबाट २०६३ साल बैसाख ८ गते गरिएको शाही घोषणा।
५. राजा ज्ञानेन्द्रबाट २०६३ साल बैसाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सम्बन्धमा जारी भएको घोषणा।
६. २०६३ साल जेठ ४ गते गरिएको प्रतिनिधिसभाको घोषणा।
७. सात राजनीतिक दल र नेकपा (माओवादी)का शीर्ष नेताबीच भएको उच्चस्तरीय वार्ताद्वारा गरिएको आठबुँदे सहमति।
८. वि.सं.२०६३ मंसिर ५ गते नेपाल सरकार र नेकपा (माओवादी) बीच सम्पन्न ऐतिहासिक शान्ति सम्झौता।
९. नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको युद्धविराम आचारसंहिता। यो २०६४ जेठ १२ गते भएको हो।
१०. २०६४ जेठ १८ गते सरकारी वार्ताटोली र मधेसी जनअधिकार फोरम, नेपालका बीच भएको प्रथम चरणको वार्ताको संयुक्त प्रेस विज्ञप्ति।
११. नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सम्पन्न सम्झौता। यस सम्झौतामा नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट केन्द्रीय संयोजक उपेन्द्र यादव र सद्भावना पार्टीका तर्फबाट राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सहीछाप गरेका थिए।
अन्त्यमा, नेपालको सडक सन्जाल शीर्षकमा नेपालको रंगीन नक्सा र हालसम्म कायम नेपालको राजनीतिक विभाजन भएको आकर्षक अर्को रंगीन नक्सा दिइएको छ। यसरी नेपालको बारेमा एक सचेत नेपालीले जान्नैपर्ने महŒवपूर्ण कुराको एकमुष्ट संगालो भएको छ पुस्तक।
पुस्तक परिचय
हेमराज ज्ञवाली
