आइतवार, 28 फेब्रुअरी 2010 10:44

तितोसत्यका राज

Written by नागरिक
Rate this item
(0 votes)
…हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला हि हि ... किन हाँसेको होला, एकछिन सबै चुप लागेर बसम् न, यसो गरे कसो होला,' हरिबहादुरको क्यारिकेचर गर्दा उनले दर्शकको गड्गड् ताली पाए। राजधानीको एक सपिङ सेन्टरमा उनको यो अभिनयले धेरैको ध्यान तानेको थियो। यतिमात्र होइन उनले हिन्दी चलचित्रका नायक शाहरुख खानको पनि क्यारिकेचर गरेका थिए त्यतिबेला।
tito
आज उनैलाई भेटौं, है त! उनी हुन् …तितोसत्य' हास्य शृंखलाका बाल कलाकार …राज'। वाग्मती उमाविको नौ कक्षामा पढ्दै गरेका उनी सुकेधारामा आमाबाबा र दाजुसँग बस्छन्। यस शृंखलामा उनी चकचके केटोको भूमिकामा देखा पर्छन्। हरेक काममा आमाबाबासँग झर्कने बानी भएका राज बाठा पनि छन्। …बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' शृंखलामा झैं बाठो पारामा उनले भने, …टाठो भएमा धेरै सिक्न सकिन्छ।'

…सानैमा अभिनय सिकियो,' उनले भने, …खेलेको पनि ६ वर्ष भइसक्यो।' उनी १४ वर्षका भए। हास्यकलाबाट सानैमा चर्चित बनेका कलाकार हुन् यिनी। शृंखलामा दीपक र दीपाका छोरा भएर देखापर्छन् उनी। …बाहिरी दर्शकले त मलाई दीपक अंकलकै छोरा भन्छन्,' उनले नाता प्रस्ट्याउँदै भने, …उहाँहरूले पनि मलाई आमाबाबाले झैं माया गर्नुहुन्छ।'

विश्वास र कालखण्ड टेलिचलचित्रमा पनि अभिनय गरिसकेका उनले अहिलेसम्म सन्तानको माया, शिवशक्ति, हामी तीनभाइ, कुरुक्षेत्र, सन्तान गरी पाँच फिचर फिल्ममा खेलिसकेका छन्। त्यसैगरी उनको मुख्य भूमिकामा बनेको बोक्सी फिल्म रिलिजको तयारीमा छ।
त्यसो त उनले तीनवर्षकै उमेरदेखि विज्ञापन खेल्न थालेका थिए। चिजबल, आइएमई, जोल्ली, चाउचाउका विज्ञापनमा देखिन्छन् उनी। …उनको कलाकारिताले हामीलाई पनि चिनाएको छ,' उनका बाबा शंकरले भने, …उनको रुचिलाई निरन्तरता दिनु नै मेरो कर्तव्य हो।'
स्कुलमा साथीहरूले पहिले त उनलाई जिस्काउँथे पनि। पढाइमा पनि समय दिनुपरेकाले उनको दैनिकी बेफुर्सदमै बित्छ। बिदाका दिनबाहेक उनी बिहान पाँच बजे उठिसक्छन्। पहिलो काम हो पढाइ, त्यसपछि स्कुल जान तयार हुनुपर्छ। स्कुलको ब्रेकमा साथीहरू खेल्नतिर लाग्छन् भने त्यही बेला उनको सुटिङको रुटिन हुन्छ। …स्कुलले पनि अभिनयमा सपोर्ट गरेको छ,' उनले भने, …परिवार र दीपक अंकलको त हुने नै भइहाल्यो।'

कलाकारितामा सक्षम बनाउने काम बाबाले गर्नुभयो भने मौका दिने काम दीपकराज गिरीले गरेको उनले बताए। उसो त उनका दाजु पनि कलाकार हुन्। उनी आफ्ना दाजुलाई आफूभन्दा निपुण मान्छन्। …उनी पर्दामा मात्र होइन, बाहिर पनि उत्तिकै प्रतिभावान् छन्,' तितोसत्यका निर्देशक दीपकराज गिरीले भने, …जेन्टल छ, सबैलाई शिष्ट व्यवहार गर्छन्।' कलाकारितामा धेरै सिकिसकेका राजलाई साथसाथ अघि बढाउने उनको सोच छ।

शिवशक्ति फिल्मको सुटिङ गर्ने क्रममा उनको खुट्टा मर्केको थियो। यसैगरी दसैंताका तितोसत्यमा खसी भुत्ल्याउन तताएको पानीले उनको खुट्टा पोलेको थियो। कुरुक्षेत्रमा खेल्दा एक्लै प्लेन चढेर नारायणगढदेखि काठमाडौंसम्म आएको अहिलेसम्मकै अविस्मरणीय क्षण हो उनको।

अभिनयले उनलाई विभिन्न सम्मान र पुरस्कार दिलाएको छ। बालविकास समाजले  २०६१, एचक्युएमएस प्रालिले २०६२, दिव्यज्योति बोर्डिङ स्कुलले २०६३ र एकीकृत समाजले २०६४ मा …वर्ष बालक' का रूपमा सम्मान गरेको थियो। त्यसैगरी …वीर गणेशमान सिंहं–२०६३' बाट पनि पुरस्कृत भएका थिए उनी। यी पुरस्कारले आफू उत्साहित भएको उनले बताए। उनको अभिनय रहेको विभिन्न फिल्मले ५१ दिन पूरा गरेका छन्। त्यतिखेर पनि उनले सम्मान पाएका छन्।

उनले भविष्यमा सिए बन्ने लक्ष्य छ। साथीहरूलाई आफूमा भएको प्रतिभा नलुकाउन उनको सुझाव छ। …मेरो चकचके, झर्कने बानीलाई नटिप्नू,' शृंखला हेरेर आफ्ना बानी नक्कल गर्ने साथीहरूलाई उनले भने, …टाठो बन्ने कुरामा चाहिँ अघि नै बढ्नुपर्छ।'
Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45
नागरिक

नागरिक

E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…