आइतवार, 28 फेब्रुअरी 2010 10:40

रंगसँगै रमाइलो Featured

Written by अजित तिवारी
Rate this item
(0 votes)
बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू साथीसँग रमाउने गरेका छन्।
rangsanga
मुर्खौटा, टोपी, द्राहीजुँगा खरिद गरेकी विराटनगरकी वर्षा सोनीले यसपालीको होलीमा साथीसँगीलाई तर्साउन गजवको योजना बनाएकी छिन्। अनुहारभरि अविर पोतेर पिच्कारीले रंग हिर्काउने योजनामा रहेकी सोनीले होलीको बबाल मच्चाउने बताउँछिन्।

‘जुंगादाह्री र टोपी लगाएर मुखभर अविर दलेपछि साथीहरू डराउने छन्’–जनपथको शिव बिद्या मन्दिरको कक्षा–४ मा पढ्ने सोनीले भनिन,‘साथीसँगीसित यसपालीको होली बबाल गरी मनाइनेछ।’

पोहोरसालको होलीमा उनका साथी अमितले यस्तै पहिरनमा अबिर लाइदिन आउँदा निक्कै रमाइलो भएको थियो। …म त डराएर भित्र पसेकी,' वुवा सन्तोषसँगै होलीको समाग्री खरिद गर्दै गरेकी सोनीले भनिन्, …एकैछिनको रमाइलो हो, मैले पनि यसपाली त्यसको बदला लिन्छु।' तर उनले होली नखेल्नेलाई दुःख नदिने बताइन्।

सोनी जस्तै होली पर्व मनाउनका लागि विराटनगरका वालवालिका अहिले अभिभावकसँगै खरिदारीमा लागेका छन्।
यस्तै, विराटनगरको हाटखोला बस्ने सुसिम अधिकारीले होलीका लागि चारवटा पिच्कारी ठिक्क पारिसकेका छन्। सेन्ट जोसेफ स्कुलको कक्षा, ६ मा पढ्ने सुसिमले घरपरिवार र छेउका साथीहरूसित रंगअविर दलेर होली मनाउने बताउ“छन्।
होलीपर्व मनाउनका लागि विराटनगरमा बालवालिकालाई नै लक्षित गर्दै बिभिन्न प्रकारका समाग्री विक्रीका लागि राखिएको छ। १० रुपैयाँदेखि दुईसय रुपैयाँसम्मको पिच्कारी, टोपी, मुर्खौटा, दाह्ीजुंगा, अविर, रंग, बाँसुरी र बैलुन उपलब्ध छ।
पिच्कारी पसले रामाशंकर दुबेका अनुसार शाकालाका बुम पिच्कारी, मरकरी पिच्कारी र पेस्तौल जस्तो देखिने पिच्कारी वालवालिकाहरूको पहिलो रोजाई बनेको छ। ‘वालवालिकाहरू रंग र अविर भन्दा पिच्कारी तथा मुख र टाउंकोमा लगाउने पहिरननै बढी प्रयोग गर्छन’–दुबेले भने,‘सुगन्धित अविर र रंग पनि वालवालिका प्रयोग गर्न रुचाउ“छन्।’

माछा, मासु, मलपुवा, दालपुरी लगायतका मिठो परिकार खान पाइने भएकाले होलीका दिन बालवालिकाहरू सकभर घर वा छिमेकमै रमाउन चाहन्छन्। विराटनगर चाँदनी चोकका आयूष कुँवरलाई भने घर बाहिर निस्केर होलि खेल्ने भनेपछि निक्कै डर लाग्छ।
यसपालीको होलीमा उनले सँगीसँग घरमै बसेर मिठो परिकार खाएर होली मनाउने निधो गरेका छन्। ‘घरमै बसेर मासुभात र मलपुवा खाएर होली मनाउछु’–आयूषले भने।

विराटनगर गुदरीबजारका विनय चौधरीले होलीपर्व बालवालिकाहरूका लागि रमाईलो हुने भएकाले उनीहरू मस्तसँग मनाउने गरेको सुनाए। ‘चारवटा पिच्कारी र टोपी किन्न छोराले अस्तीदेखि ताकेदा गर्दैछ’–चौधरीले भने,‘आमालाई पनि उतिकै दिक्क गरिरहेका छन्।’
कक्षा–७ मा पढने विनयका छोरा शंकरलाई होलीमा खानेकुरा भन्दा रंगसँग जिस्कन खुब मन लाग्छ। ‘बाल्टिनमा पानी र रंग घोलेर दिनभर खेल्छु’–शंकरले भने।

होलीपर्व अघि विद्यालय बन्द हुने दिन स्कूलमै अविर र रंग छ्यापाछ्याप गरेर मनाउने प्रचलन पनि छ। नजिकिदै जाँदा विराटनगरका विद्यालयमा होलीको रौनक बढेको छ। विद्यालयहरूमा समेत आयोजना हुने होली मिलन समारोहमा विद्यार्थीहरू साथीसँग रमाउने गरेका छन्।
Last modified on आइतवार, 28 फेब्रुअरी 2010 10:44

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…