…म त प्रधानमन्त्री माधव कुमारको जिल्लाको हो,' यी रौतहटनिवासी बच्चेलालले गर्वसाथ भने, …उहाँ प्रधानमन्त्री नहुँदा मैले धेरै पटक आफ्नै गाउँमा भेटेको छु।'
जिल्लाको गमरिया गाविसको कटहरिया बजारमा पर्छ उनको घर। चार दाजुभाइ र एक बहिनीमा सबैभन्दा जेठा छोरा हुन् उनी। …घर हेर्न पर्यो त्यसैले काममा आएँ,' छ वर्षदेखि राजधानीको सडकमा जुत्ता सिउँदै दिन बिताएका उनले भने।
उनका बुबा गाउँमै अरूको खेती गर्छन्। आमा गृहिणी। बच्चेलालजस्तै थुप्रै बालबालिकाले विद्यालयको मुख देख्न पाएका छैनन्।
विद्यालय शिक्षा नीतिअनुसार १४ वर्ष उमेर समूहका विद्यार्थीले दस कक्षा पास गरिसक्नुपर्ने हो। तर गरिबीका कारण १४ वर्षे शंखे तामाङले पनि स्कुल छाड्नुपर्यो।
तामाङको घर काभ्रे जिल्लामा पर्छ। परिवारमा जेठा छोरा उनी। घरको जिम्मेवारी सबै उनकै काँधमा छ। त्यसैले चार वर्षअघि उनी काठमाडौं आएका थिए। अरू काम नपाएपछि उनी एक होटलमा भाँडा माझेर घरमा पैसा पठाइरहेका छन्।
उनीसँगै सिन्धुलीका १२ वर्षे देवेन्द्र पुलामी मगरलाई पनि राजधानीका होटलमा भाँडा नमस्काई सुख छैन। यता, दोलखाका १४ वर्षे निरज पनि चार वर्षदेखि राजधानीमा खलासीको काम गर्दैछन्। परिवारले पढाइखर्च धान्न नसकेपछि उनले ७ कक्षा पढ्दापढ्दै बिट मारे, अनि खलासीको काम थाले।
आरएनएसीदेखि महाराजगन्ज चक्रपथको रुटमा खलासी गर्नु यिनको दिनचर्या हो। आफू सधैं उभिएर पेसेन्जरलाई बस्ने ठाउँ मिलाउने यिनले भने अरूको भन्दा केही बढी कमाउँछन्, दैनिक १ सय ५०।
के उनको खलासी नै बन्ने लक्ष्य थियो त? …काँ, म त शिक्षक बन्ने सोचमा थिएँ,' उनले भने, …त्यस्तै पर्यो, के गर्नु?'
उनका बाबाआमाले अर्काको खेत कमाएर भएपनि जेनतेन जीविका चलाएका थिए। आकासे पानीमा भर पर्नुपर्ने खेतीले राम्रो आम्दानी नदिएपछि उनको पढाइमा हुने खर्च पनि अपुग हुन थाल्यो। …अनि के खाएर पढ्नु,' उनी हाँसे।
प्राथमिकस्तरका बालबालिकालाई विद्यालयमा ल्याउन शिक्षा विभागको ठोस कार्यक्रम छ। तर, निम्न माध्यमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई विद्यालयभित्र ल्याउन खासै ठोस कार्यक्रम सञ्चालन भएको छैन। यसले यो उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विभागका उपपनिर्देशक हरि लम्साल बताउँछन्।
शिक्षा विभागको तथ्यांकअनुसार ५ देखि ९ वर्ष उमेर समूहका ३३ लाख, १० देखि १२ वर्ष उमेर समूहका १८ लाख ६४ हजार र १३ देखि १४ वर्ष उमेर समूहका १२ लाख १९ हजार बालबालिका विद्यालय बाहिर छन्।
कमेन्ट गर्नुस्
इपेपर
कमेन्टहरू
-
the next new nepali designer is on the way. Fell…
Written by Jagat Bahadur Khapangi
फेसनमा फड्को (जीवन शैली)
-
Sima's stories sound nice. And Mr. pranjali's way of going…
Written by k lama
अनौठो कथावस्तु (समिक्षा)
-
नेपालमा आफ्नालागी होइन देश र जनाताकालागी सोचने कोही नेता रहेनछ्न…
Written by janardan dahal
देश जहीँको तहीँ (आवरण कथा)
-
$25 ko pani note hunchha ni Dai tyo chahi bhetnu…
Written by Sunil Gautam
नियमले चलेको देश (घुमफिर)
जूनकिरी
-
तितोसत्यका राज
…हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…
-
रंगसँगै रमाइलो
बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…
-
विद्यालय टाढा छ
…ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…
-
पोखरा हुदै गोरखा
पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…
-
साना गुरु
सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…
-
कम्प्युटर डल्लो हुँदोरैछ
बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…
