शनिवार, 09 जनवरी 2010 15:56

पोखरा हुदै गोरखा

Written by नागरिक
Rate this item
(0 votes)
पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित सबै साथी लाग्यौ गन्तव्य तिर। यात्रामा कक्षा ९ र १० का साथीहरू समावेश थियौ।
पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित सबै साथी लाग्यौ गन्तव्य तिर। यात्रामा कक्षा ९ र १० का साथीहरू समावेश थियौ।  मानिसको जीवनमा यात्राको ठुलो महच्व छ। फरक संस्कृति अध्ययनका लागि भ्रमण फलदायक माानिन्छ। बिद्यार्थीका लागि त शिक्षाको स्रोत नै हो।

यो शैक्षिक भ्रमणका केही रोचक नै रहयो। काठमांडौमा बन्दको डर थियो त्यसैले हामी छिटटै लाग्यौ। बसमा रमाईलो भयो मलेखु पुगेर चियानास्ता गरियो। चिसो हावाको मस्तीमा लोकदोहोरी सुन्दै मुग्लिन झरियो। यो मेरो पहिलो टाढाको यात्रा थियो। मुग्लिनको मिठो खानाले हाम्रो यात्रालाई अझै रमाइलो बनाइदियो। बनजंगल र नदीको सुन्दर दृश्यले मेरो मन लोभ्यायो। हेर्दाहेर्दै रमाईलोसँग पोखरा पुगियो।

सबैभन्दा पहिले वेगनासतालबाट शुरु गर्ने भयो यात्रा। यो ताल हेर्दा पुरै देख्न सकिएन। त्यो मलाई अचम्मै लाग्यो। कति शान्त ताल। डुंगाको पनि चल्दो रहेछ ।  पानी परेकाले हामी भने चढ्न पाएनौ। ३० रूपैया तिरेर एकघण्टा पोखरी माथि मथि घुम्न पाएमा कति रमाइलो हुने थियो। त्यहाँबाट हामी गुप्तेश्वर गुफा हुदैँ डेभिज फल गए। यो फलमा पानी एकातिर बाफ अर्कोतिरबाट निस्किरहेको थियो। गुप्तेश्वर महादेव निकै तल रहेछ जहाँ सास फेर्न पनि गाह्रो हुने रहेछ। गुफा भित्र कता हो कता बाट तपतप पानी चुहिरहेको थियो।

त्यसैदिन हामी फेवातालमा गयौ। सिमसिम पानी परिरहेकाले हामी छिटोछिटो तालबराही दर्शन गर्न गयौ। पानीपुरी निकै मिठो रहेछ। हामीलै ३० रुपैया तिरेर खायौ। पर्यटकीय ठाँउ भएकोले होला चहलपहल निकै थियो। रात परेपछि होटल साइसामा गएर बसे। बसको यात्रा र धेरै ठाँउ घुमेकाले होला जीउ थकित थियो।

भोलिपल्ट सराङकोट, महेन्द्र गुफा, सेती नदी र बिन्ध्याबासिनी हेर्न हिड्यौ। साह्रै रमाईलो ठाँउ रहेछ।  हामी महेन्द्र गुफा हेरे लगतै सेती नदी हेर्न केआईसिहं पुलमा गयौ। चमेरो गुफा पनि हेरियो। पोखरा सहर सफा थियो र सुुन्दर पनि। हामी मनकामनामा फर्क्यौ। केवलकारमा चढे चाडै पुगिने थियो तर हामी पैदलै गयौ। बास बसेर बिहान मन्दिरमा दर्शन गर्यौ

त्यसपछि गोरखा दरवार तिर लाग्यौ। राम शाह र पृथ्वीनारायण शाहको सालिक पनि हेरियो। त्यहाँबाट अन्नपुर्ण हिमाल पनि देखिने रहेछ। यहाँ हेलिप्याड पनि बनेका रहेछन। डाँडाको यो दरवार कति राम्रो। हाम्रो अन्तिम यात्रा यही नै थियो। त्यसपछि हामी फर्क्यौ घर तिर। बाटोमा स्वास्थ केन्द्रको अभाव भएको अनुभव भयो। यसका लागि सरकारले केही गरिदिए हुन्थ्यो। त्यसै गरी हामी जस्ता बिद्यार्थीलाई स्कुलमा पढाइमा मात्र सीमित नराखी यसरी यात्रामा लगेमा बहिरी ज्ञान पनि मिल्ने रहेछ।

कुसुम भटटाराई
कक्षा १०
अमरज्योति मावि
स्युचाटार काठमांडौ
Last modified on शनिवार, 09 जनवरी 2010 17:26
नागरिक

नागरिक

E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…