…छेरत'(सतर्कः कोरियन भाषामा सिकाइने) उनी सबैलाई सतर्क पार्छन। खेल मैदानमा छुटटै रौनाक छाँउछ। सबैजना उनीतिर सीधा उभिन्छन। तेजिला आँखा घुमाउछन र निरन्तर लाग्छन प्रशिक्षणमा। तेक्वान्दोमा …सेकेण्ड डन' लिइसकेका उनी १५ बर्षका भए। १६ बर्ष भन्दा कमकाले लिएकालाई …सेकेण्ड पुम' भन्ने गरिन्छ।
यसपाला भेटघाटमा दिप्सन …गुरु'लाई भेटौ है त। दैनिक २५ जनालाई प्रशिक्षण दिनु उनको दैनिकी नै हो। पुरा नाम दिप्सन कार्की। उनको खुबीबारे उनकै गुरुबाट अलिकति सिकौ न त। …दिप्सन …गुरुको खेल निकै राम्रो छ' उनका गुरु एवं तेक्वान्दोका अन्तरराष्यि रेफ्री अनुयाज गौतमले भने …सानैदेखि ट्यालेन्ट नि।' गौतम अल नेपाल तेक्वान्दो एकेडीमीको अध्यक्ष पनि हुन।
दिप्सन नजिकैको शारदा मावि कक्षा ९ मा पढ्दैछन दिप्सन। खास घर पर्वतको कुश्म भएपनि उनी यतै जन्मे, यतै हुर्के। सानो छाँदा आफ्नो दाई सेतो कपडा लगाइ गेम खेल्न जान्छु भन्दै निस्कदाँ उनलाई खुल्दुली लाग्थ्यो रे। …म पनि गेम खेल्न पाए हुन्थ्यो।' उनले यो कुरा आमाबाबा सामु राखे। छोराको रहर रोक्न सकेनन उनका आमाबाबाले। अब भने पक्का अनुमति पाएपछि खुसीले फुरुङग भो।
उतिबेला देखि बिहान पाँच बजे उठेर दौडिदै डोजोमा पुग्ने उनको दैनिकी फेरिएको छैन। तर जिम्मेवारी भने फरक छ। पहिले सिकिन्थ्यो भने अहिले सिकाउछन। …मर्निङ वाक गर्दै पुग्छु' उनले भने …डेढ घण्टा प्रशिक्षण दिएपछि स्कुल जान तयार हुनुपर्छ। स्कुलको ब्रेकमा उनी फुटबल खेल्छन। छुटटी पछि घर पुगेर केही समय आराम गर्छन। पुनः प्रशिक्षणमा आइपुग्छन पाच बजे। सात बजे सम्म यहाँ हुन्छन र घर लाग्छन। पढाइ सकाएर राति ११ बजे सुत्छन उनी।
उनको खेल जीवन ६ बर्षदेखि शुरु भयो। कलिलो उमेरमा उनलाई जिउ मर्काउन हम्मे भो। अब खेलि हलियो। जे पो होला उनले खेल्न छाडेनन। कहिलेकही स्पाइरिङ पर्दा हातखुटटा मर्कनेले दुइतीन दिनसम्म पीडा सहेर बस्नुपर्थ्यो। तैपनि उनले आफ्नो कुशलता देखाउन पछि परेनन। हातगोडा फूस्काएर आउलन कि भनेर उनका बाबालाई चिन्ता लाग्थ्यो रे। काममा व्यस्त उनका आमाबाबा खेल हेर्नका लागि टाढा जान भ्याउदैनन। … दुःख गरेर पढाको छु' उनका बाबा टीकारामले भने …खेलेर देशको नाम राखे हामीलाई यो भन्दा खुसी के चाहियो।'
लगनसील भएपछि सफलता त हात लागिहालिन्छ। यो कुरालाई प्रमाणित गरी देखाए दिप्सनले। नभन्दै उनी नेपालका थोरै व्यक्ति मध्ये डन गनिए। उनको परिश्रमले दिलाएको फल हो त्यो। दुई बर्ष अघि नै सेकेण्ड डन भएका उनी अबको केही महिनामै थार्ड डन बन्दैछन।
पाँच बर्ष अघि दर्जिलिङमा भएको …फस्ट वार्ल्ड युनाइटेड च्याम्पीयनसीप २००५' मा स्वर्ण पदक जितेका थिए उनले। सानैमा पाएको यो सफलताले उत्साह थपेको उनको भनाई छ। त्यति मात्र होइन उनले …इन्डो नेपाल कम्पीटिसन'मा पनि स्वर्ण पदक जितेका छन। उनी तेक्वान्दोका सफल प्रतिभा हुन। राष्टिया स्तरका आधा दर्जन पदक हात पारिसकेका छन दिप्सनले।
अति कम बोल्ने दिप्सन अनुशासनलाई आफ्नो पहिलो गुरु मान्छन। त्यसो त उनलाई अनुुुशासन सिकाउने गुरु मनोजकुमार कार्की हुन। राष्टिया स्तरकै जुनियर प्रशिक्षक भइसकेका यिनी खेललाई निरन्तर अघि बढाउनेमा लागिपरेका छन।
मानिसलाई पढाइ मात्र काफी नभई शारीरिक व्यायम पनि चाहिने उनको भनाई छ। त्यसै गरी खेलकुदमा पनि शिक्षा अति आवश्यक पर्ने उनले जानेका छन। यी बाहेक फुटबल खेल्न मन पराउने उनी चित्रकलामा पनि केही समय विताउछन। टेलिभिजन हेर्नका लागि भने उनलाई उति समय मिल्दैन।
सन २०१० मा कोरियामा हुने चेजु इन्टरनेशनल स्पोर्टमा उनलाई बिषेश निम्तो आइसकेको छ। नाइन स्टिक कोच पनि उनी नै हुन यहाँको। …नेपालमा उनी नै यस खेलका एक्ला अब्बल खेलाडी हुन' एकेडीमीका गौतमले भने …खेलकुदमा नौलो प्रयोग पनि गरिसकेका छन उनले।' खेलमा संगीत उनको नयाँ प्रयोग हो। उनी आफैले पनि कम्पोज गर्छन यो।
सभ्य, नम्र र विश्वासयोग्य भएकै कारण अल नेपाल तेक्वान्दो एकेडीमीका जुनियर प्रशिक्षक भएका छन उनी। स्कुलमा पनि कोच बन्न अफर आइसकेका उनी केही समय पढाईलाइ निरन्तरता दिने सोचमा छन। गुरु अनुयाज गौतमका साथमा काम गर्न पाँउदा निकै रमाईलो लागेको उनले बताए।
मिहेनती दिप्सनलाई …खिङरे(हुस)'।
