शनिवार, 09 जनवरी 2010 15:43

कम्प्युटर डल्लो हुँदोरैछ

Written by गजेन्द्र बोहरा
Rate this item
(0 votes)
बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए ।
त्यसदिन शिक्षक मीनराज घिमिरे दंग परे — सधैं ढिला आउने विद्यार्थी सबेरै विद्यालय आएको देखेर। विद्यालयमा कम्प्युटर आउँदैछ भनेर सबैले थाहा पाइसकेका रहेछन्। नभन्दै दिउँसो कम्प्युटर आयो। अनि सबैलाई हतार भयो कम्प्युटर छुन। …पढाउँदा–पढाउँदै सबै बाहिर निस् के,' शिक्षिका मञ्जु बिएमले भनिन्। बिजुली नपुगेको गाउँमा बस् ने ती विद्यार्थीले कम्प्युटर पहिलोचोटि देख्दै थिए। …धेरैले त टिभी ठानेछन्,' शिक्षक घिमिरेले भने।

कुरा दाङको लक्ष्मीपुर गाविस–५, सिस् नेखोलास् िथत पालु प्राथमिक विद्यालयको हो। विद्यालयमा पहिलो दिन कम्प्युटर आउँदा सबै विद्यार्थीलाई बाहिर आँगनमा भेला पारियो। अनि सबैलाई एकएक गर्दै कम्प्युटर …छुन' लगाइयो। …कसैले स् िपकर छोए, कसैले माउस समाए,' कम्प्युटर शिक्षिका बिएमले सम्भि्कन्, …अनि घर गएर आफ्ना बाआमालाई भनेछन्, कम्प्युटर त डल्लो हुँदोरैछ।'

विद्यार्थीहरूले कम्प्युटरको जुन सामान आफूले छोए, त्यसैलाई कम्प्युटर ठानेछन्। घर गएर पनि त्यही बयान गरेछन्। शिक्षकहरूलाई अर्काे दिनदेखि थप समस् या पनि आइलाग्यो — विद्यार्थीका बाआमालाई पनि कम्प्युटर देखाइदिनुपर्ने भो! …धेरैका बाआमा आए, कम्प्युटर हेरेर गए,' शिक्षक घिमिरे भन्छन्, …कसैले पनि देखेकै रहेनछन्, दंग परे अनि छोराछोरी सबैलाई विद्यालय पठाउन थाले।' यो दिन कम्प्युटर देख्दा ५ कक्षाकी विष्णु परियारलाई पनि अचम्म लाग्यो।

…कहिल्यै देखेको थिइनँ,' कम्प्युटर कक्षामा बसेकी उनले माउस देखाउँदै भनिन्, …मैले त यै हो भन्ने ठानेको।' गत भदौ महिनामा विद्यालयले कम्प्युटर किनेपछि फाइदा पनि भएको छ — कहिल्यै विद्यालय नआउने विद्यार्थी पनि कम्प्युटर हेर्नकै लागि हाजिर हुन थालेका छन्। नाम मात्रै लेखाएर पढ्न नआउनेहरू कम्प्युटर लिएपछि नियमित भएको शिक्षकहरू बताउँछन्। …रमाइलो लाग्छ,' कक्षा ५ कै इमानसिंह विकले भने, …अब त शनिबार पनि स् कुल आऊँजस् तो लाग्छ।' त्यही कम्प्युटर देखाउन उनीहरूले आफ्ना भाइबहिनीलाई पनि विद्यालय ल्याउन थालेका छन्। विद्यार्थीहरूले कम्प्युटरमा आफ्नो नामसम्म लेख्न जानेका छन्। कम्प्युटर शिक्षिका बिएमका अनुसार अहिले ३, ४ र ५ कक्षाका विद्यार्थीलाई प्रत्येक दिन १ घन्टा कम्प्युटर कक्षा दिइन्छ। त्यसैक्रममा कम्प्युटरमा विभिन्न प्रकारका प्राकृतिक वस् तु, जनावर तथा विभिन्न देशका मानिसको समेत चित्र चिनाउने गरिन्छ। प्रत्येक शुक्रबार विद्यार्थीहरू पढाइ सकेर केहीबेर कम्प्युटरमा फिल्मसमेत हेर्ने गर्छन्। …रहर गर्छन्, आफै फिल्म ल्याउने पनि भइसकेका छन्,' शिक्षिका बिएमले भनिन्, …पढाइ सकेर कहिलेकाहीँ सँगै बसेर फिल्म पनि हेर्छौं।' विद्यार्थीहरूलाई नेपाली फिल्म नै देखाउने गरेको पनि उनले बताइन्। विद्यालयमा अहिले दुइटा कम्प्युटर छन्।
Last modified on शनिवार, 09 जनवरी 2010 17:29

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…