शनिवार, 09 जनवरी 2010 15:33

चराझैं मान्छे उडेपछि... Featured

Written by भवसागर घिमिरे
Rate this item
(0 votes)
ओहो! आज त रमाइलो दिन। उनीहरू विहानै उठे। हातमुख धोएर झटपट लुगा फेरे। अनि त साथीहरू मिलेर बाटो तिर निस्की हाले। कालिका थानको डाँडाको फेदमा जमघट चल्न सुरु भएको थियो।
ओहो! आज त रमाइलो दिन। उनीहरू विहानै उठे। हातमुख धोएर झटपट लुगा फेरे। अनि त साथीहरू मिलेर बाटो तिर निस्की हाले। कालिका थानको डाँडाको फेदमा जमघट चल्न सुरु भएको थियो।
स्याङ्जको खिलुङ देउरालीकी सुविना गुरुङ आज मख्ख थिइन्। किनकी आज उनीहरूले अचम्म खुसी आँखै अगाडी देख्न पाउने छन्। के होला? …आज त प्यारासुट उडेको हेर्न पाइन्छ,' ११ वर्षे सुस्मिता गुरुङले हौंसिदै भनिन्। अमरज्योती मावि लामडाँडाको कक्षा ६ मा पढ्ने उनको मन हिजै देखि चञ्चल भएको थियो।
उनको गाउँमा अघिल्लो साँझ पाहुनाहरू आएका थिए। दुई विदेशी पर्यटक र केही स्वदेशी पाहुनाहरूको हुल। झमक्क रात परेको बेला सभासद धनराज गुरुङ सहितको टोली गाउँ पस्दा स्वागतका लागि उनीहरूले अघिल्लो साँझमा पञ्चेबाजासँगै थपडी मारेका थिए। धेरै माला पनि लगाइदिएका थिए।
ब्लुस्काइ प्याराग्लाइडिङ पोखराबाट आएका चार पाइलटहरू जमघटमा देखिन थाले। बाजा बज्न सुरु भो। सुविना र उनका साथीहरूको लस्कर पञ्चेबाजासँगै पहिला कालिकाथान जान थाल्यो। त्यसपछि बल्ल भाँडेओढारको डाँडामा पुगेपछि पाइलटहरूले उड्नका लागि सुरसार गर्न लागे।
कक्षा ६ मानै पढ्ने सुविना गुरुङ पनि निक्कै उत्सुक हुँदै हेरेकी थिइन्। उनी र सुस्मितासँगै अर्की एक साथी थिइन्, सुमिना। ८ वर्षकी सुमिनालाई कति खेर प्यारासुट उड्छ र हेरुँ भएको थियो।
गाउँको डाँडाबाट प्यारासुट उड्न थाल्यो भने पर्यटकहरू बेलाबेलामा गाउँ आइरहन्छन भन्ने उनीहरूलाई पत्तो रहेनछ। तर धेरै घुम्ने पर्यटक आए भने गाउँमा होटलहरू खुल्छ र गाउँमा आम्दानी हुन्छ भन्ने चाहि उनीहरूलाई थाहा रहेछ।
प्याराग्लाइडिङका पाइलट बाबु सुनुवारले उडान सुरु गर्न लागेपछि उनीहरू पनि नजिकै गए। उड्नका लागि सुनुवारले प्यारासुटको धागो मिलाए अनि हावाको चाप जाँचे। सुविना र उनका साथीहरूसँगै उडान हेर्न खिलुङ र वल्लो पल्लो गाउँका धेरै मान्छेहरू त्यहाँ भेला भएका थिए।
…यस्तो प्लाष्टिक कसरी उड्ला है?' उनीहरूले प्यारासुट हेर्दै गुनगुन गर्न थाले। अघि सम्म सिरसिराउन थालेको बतास एक्कै छिन्मा ह्वात्त बढ्न थाल्यो। हावाको चाप बढ्न थालेपछि प्यारासुटपनि चलमलाउन थाल्यो। जिउभरि प्यारासुटको डोरी बाँधेका र टाउकोमा हेलमेट लगाएका बाबुले पोजिसन लिए अनि दौंडन थाले। डाँडाबाट उनले फाल हाल्नु अघि प्यारासुटले उनलाई हावामा पुर्‍यायो। सुमिना र उनका साथीहरू खुसी र अचम्म परेर चिच्याउन थाले। सबै तिर थपडी बज्न थाल्यो।
…एए˜˜˜˜' अब त कृष्टिना र बबिनले पनि ताली बजाएर बाबुलाई सफलताको लागि बधाइ दिए। हावामा उडेका बाबु त्यही तलमाथि गर्दा नानीहरूका आमा र हजुरआमाले पच्छ्यौंरा हल्लाउँदै चिच्याउँदै बधाइ दिए। यसमा सुस्मिता र उनका साथीहरूले पनि साथ दिए।
कस्तो लाग्यो त?
…आम्मै कस्तो रामाइलो?' सुविनाले भनिन् ,…कस्तो मज्जाले उड्ने हैच।' अब भने उनी बोल्न लजाइन्। आकाशमा हावाइजहाज उडेको मात्र देखेका उनीहरूमाझ कहिल्यै प्याराग्लाइडर नदेखेका धेरै साथी थिए। आज आफ्नै आँखा अगाडी चराझै मान्छे उडेको देख्दा उनीहरू मख्ख परे। पाहुनालाई हँसिलो मुहारले स्वागत गर्नु, खाजा, पानी ख्वाउनु र गाउँको बाटो चिनाउनु। खिलुङ देउरालीलाई पर्यटकीय गाउँ बनाउन तम्सेका अभिभावकलाई उनीहरूले पनि धेरै साथ दिएका थिए।
बिदा हुने बेलामा गाउँको डिल सम्म पुर्‍याउन आए। छुट्ने बेला नै किन नहोस्। उनीहरूको मुहारमा बितेका रमाइलो पलको खुसी मेटिसकेको थिएन। …फेरि आउनुस् है!' बिदाइका बेला निमन्त्रणा दिँदै उनीहरूले भने, …चरा झैं उडेको हेर्न मन लाग्छ क्या।'
Last modified on शनिवार, 09 जनवरी 2010 16:05

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…