शनिवार, 02 जनवरी 2010 13:40

अर्टिस्ट बन्छु

Written by नागरिक
Rate this item
(0 votes)
आमाबाबाले सानैमा बालिकामा राख्नुभएछ। त्यहाँ चार बर्ष बसेपछि सिविनमा बस्दै आएको छु। मलाई घर व्यवहारको बारेमा खसै केही थाह छैन। घर छाउनीमा हो। आमा बाबा काम गर्नुहुन्थ्यो। पहिले त कहिलेकही भेट्न आउनुहुन्थ्यो। अहिले भने उहाँहरू कता जानुभयो थाहा छैन।
ब्रइट स्टार इङलिस स्कुल कक्षा —८ पनौतीमा पढ्दैछु। दिदी पनि मसँगै बस्नुहुन्छ। साथीहरू पनि छन। बहिनी भने आमासँगै थियो। भेट नभएको पनि धेरै भयो अहिले त उहाँहरूसँग।

भृकुटीमण्डप घुम्न जाँदा एकजना बहिनी पोखरीमा खस्न लाग्दा मैले बचाउन खोजेको थिए। तर म आफै पो खसे। यो म कहिल्यै भुल्दिनँ। सबैलाई सहयोग गर्नुपर्छ जस्तो लाग्छ मलाई। तर आफ्नै आमाबाबा भने हामी देखि टाढा भएका छन किन हो।

पढाइ बाहेक चित्र कोर्न एकदम मन पर्छ। दिनमा एकदुइ चित्र कोरेकै हुन्छु। मैले कोरेका चित्रले गर्दा साथीहरू धेरैले उत्साह दिन्छन। सरमिसले पनि माया गर्नुहुन्छ। दिदीले त साथ पनि दिनुहुन्छ। स्कुलमा कम्पीटिसन हुदाँ म पनि जान्छु। मैले चारचोटि त पुरुस्कार नै पाइसके।

मिकीमाउस र मुमिन मलाई मनपर्ने कार्टुन हुन। अर्टिस्ट बनेर यस्तै कार्टुन बनाउन मन लाग्छ। यसरी अरुलाई रमाइलो पार्न सके र अघि बढ्न सकेमा सबैलाइ काति आनन्द आउथ्यो। सानैमा बाबाआमाले माया नदिए पनि ठुलो भएसि केही गरेर देखाउने मन छ।

बिनु तामाङ,
छाउनी, काठमांडौ
Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45
नागरिक

नागरिक

E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…