शनिवार, 02 जनवरी 2010 13:35

लड्छौं अनि मिल्छौं

Written by उपेन्द्र लामिछाने
Rate this item
(0 votes)
रिङमा छिरेको तीन मिनेटजित त प्रतिद्वन्द्वी दुस्मनजस्तो लाग्छ,' २५ केजी समूहका खेलाडी विक्की मण्डलले सुनाए, …रिङबाट बाहिरिनेबित्तिकै सबै रिस मर्छ।'
junkiri-ladchau-2
एकछिन अगाडिसम्म उनीहरू हाँस्दै गफ गर्दै थिए। अचानक उनीहरू मुक्कामुक्की गर्न थाले। लात पनि चलाउन थाले। तीन–चार मिनेटपछि उनीहरू फेरि मुस्कुराउँदै अंगालोमा बाँधिए।  

…हामी तेक्वान्दो खेल्छौं,' सिमरास्थित एभरेस्ट बोर्डिङका महेश त्रिपाठीले भने, …अहिले साथीसँग …स्पाइरिङ' गरेको।'

विद्यालयको पढाइपछि तेक्वान्दो सिक्ने काममा व्यस्त हुन्छन् महेश। १२ वर्षे उनी कक्षा ८ का सहपाठी विशाल बरालसँग प्रायः यसैगरी अभ्यास गर्छन्।

हालै सिमरामा सम्पन्न नारायणी अञ्चलस्तरीय कराते प्रतियोगितापछि यस भेगका बालबालिकाको कराँते, तेक्वान्दो लगायत खेलतर्फ रुचि बढेेको छ। यसका लागि कतिपयले नियमित तालिम लिन थालेका छन्। कतिपय घाँसे चौरमा आ–आफै अभ्यास गर्न थालेका छन्। अभ्यासक्रममा एकआपसमा मुक्का प्रहार गर्ने खेल समाप्तिसँगै अंगालो मारेर छुटिन थालेका छन्।

सिमरामा तीन साताअघि भएको कराँते प्रतियोगितामा १३ वर्षे अरुण राउतले पनि भाग लिएका थिए। प्रतिद्वन्द्वीले मुखमा प्रहार गरेको किकले भुइँमा लडेपनि साथीप्रति उनको कुनै गुनासो थिएन। किक खाऊन् या नखाऊन्, उनीजस्तै त्यस कराँते प्रतियोगितामा भाग लिएका अधिकांश बालक र किशोरको अनुहार निक्कै हँसिलो थियो। एकछिन अगाडिसम्म दुस्मनजस्तै भिडिरहेका उनीहरू खेल सिद्धिएलग्ात्तै आपसमा जिस्कँदै रमाइरहेका देखिन्थे। हेर्न आएका सर्वसाधारणसमेत उनीहरूको झगडा र मिल्ती देखेर अचम्ममा पर्थे। …कति मज्जाको रिस,' म्याच हेर्न आएका एक वृद्धाले हास्दै सुनाइन्, …एक्कैछिनमा मर्ने।'

त्यसो त उनीहरूलाई रिस पटक्कै नउठ्ने भने होइन। …रिङमा छिरेको ३ मिनेटजति त प्रतिद्वन्द्वी दुस्मनजस्तो लाग्छ,' २५ केजी समूहका खेलाडी विक्की मण्डलले सुनाए, …रिङबाट निस्कनेबित्तिकै सबै रिस मर्छ।'
आफ्ना प्रतिद्वन्द्वीले हानेको किकबाट आँखामा चोट लागेपनि साथीप्रति कुनै गुनासो नरहेको उनले सुनाए। …मैले छल्न सकिनँ अनि लाग्यो,' उनले भने, …अर्कोपटक खेल्दा त्यस्तो किक छल्नेछु।' लगातारको अभ्यासले यस्ता किकहरू छल्न सकिने उनले सुनाए।

कतिपय दर्शक भने आफ्नो साथीले किक खाँदा रिसाउँथे। किनकि उनीहरूलाई मनपर्ने साथीलाई कसैले पिटेको उनीहरू रुचाउँदैनन्। …मेरो साथीले किक खाँदा मलाई रिस उठेेका थियो', औराहकी रन्जु श्रेष्ठले भनिन्, …तर साथी रिसाइनन्।'

खेल त सिनेमाजस्तो लाग्थ्यो। …सिनेमामा पनि मलाई हिरोले पिटाइ खाएको मन पर्दैन,' उनले भनिन्, …यहाँ पनि साथीले किक खाएको मन पर्दैन।' ३५ केजी समूहकी उनकी साथी सकमितालाई हेटौंडाकी सपनाले गर्धनमा किक प्रहार गरेपछि उनी दुखी बनेकी थिइन्। …पछि सकमिताले नै मलाई सम्झाई,' उनले भनिन्, …अनि मात्र रिस मर्‍यो।
Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…