आमाको वचनले उसको ओठमा मुस्कान छर्छ। जानु अघि दाइ आइपुग्छ। दाइको आगमनमा उनी खुसी हुन्छन। तर के गर्ने केही दिनमै उनी बहिरिनुपर्नेछ। साथीहरू सम्झन्छ ‘साथी हो यो जुनीमा सँगै बस्न सकिएन अर्को जुनीमा त कसो नसकिएला।' आँसु झार्दै साथीहरूसँग बेलका बिदा माग्छन। जाडोको बेला चरैतिर हुस्सु लागेको हुन्छ। बिहानै उनको बिदाइ हुने भो। आमाले रातो टिका लगाइदिए। आँगनमा झरेपछि गोविन्दले बिदाइको हात हल्लाए। उनको आँसु सुकिसकेका थिए। ‘बाई, बाई' गोविन्द हात हल्लाउछ र अघि बढ्छ। तुवाँलो भित्र नहराउन्जेल आमा छोराको हेराहेर भइरहन्छ। धेरै परबाट आमाले आवाज सुन्छ ‘आमा, आमा, आमा।'
कृष्ण क्षेत्री
कक्षा ९
माडी मावि, चितवन
