शनिवार, 02 जनवरी 2010 13:31

अद्भुत बालबालिकाहरू

Written by नेत्र
Rate this item
(0 votes)
खोलाले वगाएको साथीलाई बचाएर सबैको स्यावास पाएका १४ वर्षिय लालनिलियान, फूच्चे लेखक एलेक ग्रेभन, साहासि तवरेज आलम, विवेककी खानी क्याटी लाउज वेनन, सानो डाक्टरका रुपमा प्रस्तुत भएका जेमि बेक्सटर
हामीले कमल नेपालीको नाम त सुनेकै हौंला नी है? उनले ६५ फिट गहिरो खोंचमा खसेकी अढाइ वर्षिय बालिका आरधाना प्रधानलाई बचाउन सफल भएका थिए। उनको यो बहादुरीलाई कसैले बिर्सन सक्दैनन्।

उनी जस्तै धेरै बालबालिकाहरू छन् संसारमा। उनीहरूको कथा सुनेपछि हामीमा पनि साहस आउँछ, जोश पनि। यस्तै ५ स्वदेशी र विदेशी साहसी बालबालिकाबारे बजारमा पुस्तक आएको छ, अद्भुत बालबालिकाहरू।

ऐरावती प्रकाशन बजारमा ल्याएको यो पुस्तक का लेखक रामदेप पान्डे हुन्। यो पुस्तक वास्तविक घटनामा आधारीत छ। यसमा चौध वटा कथाहरू समावेश गरिएको छ।  ५ बर्षको उमेरमा गाडि चलाएर समाजमा उदाहरणको रुपमा उभिएका इशान श्रेष्ठ। अन्याय विरुद्ध जागेकि मुस्लिम समुदायकि साहासी केटी नुजुद मुहम्मद। सात डाकु एक्लै भगाउने १६ बर्षिय प्रिन्स कुमार। प्रतिभाशाली प्रभा भेटवालका कथाहरू यसमा समावेश छन्।

खोलाले वगाएको साथीलाई बचाएर सबैको स्यावास पाएका १४ वर्षिय लालनिलियान, फूच्चे लेखक एलेक ग्रेभन, साहासि तवरेज आलम, विवेककी खानी क्याटी लाउज वेनन, सानो डाक्टरका रुपमा प्रस्तुत भएका जेमि बेक्सटर, चितुवा भन्दा वलिइ नेपालकी सजना लामा जस्ता बाहादुर र साहासि बालबालिकाहरूको बास्तविक घटना पनि यो पुस्तकले समेटेको छ।

यो किताबको मुख्य उदेश्य सानालाइ मात्र नभइ ठूला मान्छेलाइ समेत साहस दिने, आँटिलो बनाउने, हिम्मत दिन सघाउँछ। साथै धैर्य गर्न सिकाउने, अन्याय नसहने बुद्धी दिने, दयालु वनाउने, र दुखको समयमा धैर्य नछाड्ने साथ दिने काम पनि गर्छ। यस पुस्तकको चित्रांकन राजकुमार प्रजापतिले गर्नु भएको छ। हामिले यो किताबलाई असी रूपैयाँमा हामी बजारमा किन्न पाउँछौ।

Last modified on मंगलवार, 30 नोभेम्बर 1999 05:45

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…