शनिवार, 02 जनवरी 2010 13:22

रमाइलो पात्र मुमिन

Written by नेत्र तामाङ
Rate this item
(1 vote)
विश्वचर्चित कार्टुन पात्र मोमिनको नाममा पार्कसमेत बनेको छ। यसपाला मुमिनलाई भेटौं। उनीसँगै मुमिन भ्याली पनि घुम्ने।
junkiri-mumin2
तिमीहरू सबैलाई मुमिन संसारमा स्वागत गर्न तयार छन् उनी। सेतो रङमा देखापर्ने मुमिन सबैका प्रिय पात्र हुन्। यहाँ उनलाई मुमिनट्रोल भन्ने गरिन्छ। यस कार्टुनका प्रमुख पात्र पनि त हुन् उनी। परीको कथामा आधारित भएपनि यसमा खासै विचित्रका कुरा समावेश छैन।

१९४५ मा किताबबाट सुरु भएको यो कार्टुन १९५४ बाट लन्डनको एक पत्रिकामा कमिक्सका रूपमा आएको थियो। यसको पहिले भाग जर्मनीबाट प्रसारण भएको थियो भने स्विडेनमा १३ भाग प्रसारण भयो। १९९० पछि भने ६० भन्दा बढी देशमा यसको वितरण भयो। स्विडिस भाषाको यो कथा अंग्रेजीमा पनि अनुवाद भइसकेको छ। यसको प्रसारण नेपालमा पनि केही समयअघि नेपाल टेलिभिजनबाट भएको थियो।

यसमा काल्पनिक प्राणीहरू छन्। कोही अर्द्धजनावर, कुनै हिप्पोपोटमस जस्ता। ठाडा दुई कान पुच्छर भएको। मुमिन पनि हिप्पोमोटमस जस्तो छ नि, हैन र? उनको घर उपत्यकामा छ। आकासे रङको गोलो अग्लो घर सिसाको झ्याल भएको रमाइलो घरमा बस्छन् उनी। घरमा उनका बाबा मुमिनपापा र आमा मुमिनमामा पनि छन्।

जे देखेपनि चाख लिई हेर्ने गर्छन् मुमिन, ढुंगाहरू बटुलेर राख्छन्। समुद्रमा जान मन पराउँछन्। आफ्ना आमाबाबालाई माया गर्छन्। यो उपत्यका सबैभन्दा सुरक्षित ठान्छन् उनी। सबैभन्दा पहिले उनी किताबमा आएका थिए। त्यसपछि ‘द मुमिन एन्ड ग्रेट फ्लोड्स' मा आए। यहाँ उनलाई मेहनती पात्रका रूपमा प्रस्तुत गरिएको छ। मानवीय गुण र सत्यतालाई पनि कार्टुनमा समावेश गरिएको पाइन्छ। साहसिक काम गर्न मन पराउने उनी स्नोर्क मेडनलाई प्रेम गर्छन्।

उनका बाबा सानैमा टुहुरा भएका थिए। यहाँ उनका बाबा जहिल्यै पनि कालो ह्याटमा आउँछन्। उनकी आमा पनि झोला बोक्न बिर्सन्नन्। पाहुना सत्कारमा खप्पिस छिन् उनी। साथै धेरै ओखती पनि बनाउँछिन्। मुमिनका प्रशंसक स्नोर्क मेडन हुन्। उनी यस कार्टुनकी नायिका पनि हुन्। उनी कहिलेकाहीँ मुमिनबाट टाढा पनि जान्छिन् तर छिट्टै फर्कन्छिन्। मुमिनलाई पाउने आसमा बसेकी बुद्धिमानी केटी हुन् उनी। उनी आफ्नो दाइ स्नोर्कको पनि सेवा गर्छिन्।

तिमीहरूलाई मनपर्ने अर्को पात्र कुन हो? अलिकति स्नोर्ककै कुरा गरौं है। उनी पनि मुमिनकै साथी हुन्। मुमिनका घरवरिपरि बस्नेहरू नै यस कार्टुनमा समावेश छन्। उनी भने उड्ने जहाज बनाउन मन पराउँछन र वैज्ञानिक पनि हुन्। कोही भने यसमा पनि पैसा कमाउने लक्ष्य बोकेर हिँडेका छन्। यसमा स्निफलाई लिन सकिन्छ। उनलाई मुमिनका बाबाले कतैबाट ल्याएर पालेका थिए। कसरी चाँडै धनी हुने भनेर सोचिरहन्छन् उनी। कंगारूजस्तै छन् उनी।

तिमीहरूको साथी कति जना छन्? मुमिनको त कति धेरै साथी छन्! उनको प्रिय साथी हुन् — स्नफिन। उनी जाडो याममा घुम्न निस्कन्छन् र गर्मीमा मात्र फर्किन्छन्। निडर, चलाख छन् उनी र बुद्धिमान पनि। कसैसँग नडराउने लिटिल माई पनि छिन्। कहिलेकाहीँ नराम्रो शब्द बोल्छिन् उनी। घोडाको पुच्छरजस्तैे कपाल भएकी उनी रातो लुगा लगाउँछिन्।

मुमिनका सहयोगी हमुलेन हुन्। उनकी काकीले नै मुमिनपापालाई हुर्काएका हुन्छन्। यसमा केही दुष्ट पात्र पनि छन्। कोही बोक्सी पनि। सुरुमा त उनले सबैलाई सताउँछिन् तर पछि केही गर्न सक्दिनन्। उनकी नातिनी एलिसलाई बोक्सी तालिम दिन्छिन्। एलिस धुर्त भएपनि मुमिनसँगै खेल्छन्। ग्रोक पनि दुष्ट हुन्। कोही भने यात्रामा निस्केका हुन्छन्।

उनीहरूको एउटै चाहना हुन्छ — क्षितिज भेट्ने। हबगोब्लिन शक्तिशाली जादुगर हुन्। उनी उड्ने चितुवा लिएर संसार घुम्छन्। उनको टोपी पनि जादुगरी हुन्छ। एकपटक टोपी हराउँछ। मुमिनले भेट्छ। एकचोटि लुकामारी खेल्दा उनी त्यही टोपीमा लुकेका थिए। पछि आफै अचम्मको जनावर बने। स्टिंकी यसका अपराधी हुन्, मुमिनको परिवारमा दुःख दिने काम गर्छन् उनी। एकपटक मुमिनले आफूसँग भएको सबै पैसा डराएर उनलाई बुझाएका थिए। चिडियाखानाका जनवारहरू फुत्काई दुःख दिने काम गर्न पनि पछि पर्दैनन् उनी।

मुमिन सबैको प्रिय कार्टुन भएको छ। किनभने यसमा वास्तविक कुरा समावेश गरिएका छन्। यससम्बन्धी ९ वटा किताब निक्लिसकेका छन् भने चित्रसहितको ५ किताब पनि। फिल्महरू पनि बनेका छन्। ७८ भागको शृंखला प्रसारण भएका छन्।

फिनल्यान्डमा ‘मुमिन वर्ल्ड' भवन बनिसकेको छ। यो पर्यटकीय गन्तव्यका रूपमा पनि चिनिन्छ। यस भवनमा पाँच तल्ला छन्। फिनिस ट्राभल फेयर–२००६ ले यसलाई ‘आन्तरिक गन्तव्य' घोषणा गरेको थियो। यो मध्यजुनदेखि मध्यअगस्टसम्म दैनिक खोलिन्छ। ‘द इन्डिपेन्डेन्ट अन सन्डे' ले यसलाई उत्कृष्ट चौथो बालउद्यान भनेको छ। उद्यानलाई २००७ मा द गेम्स एन्ड पार्क्स इन्डस्ट्रिज म्यागजिनले गोल्डन पोनी अवार्ड दिएको थियो।

Last modified on शनिवार, 02 जनवरी 2010 13:29

Related Video

Dim lights Embed Embed this video on your site Mumin - Kometen Kommer Del 1

1 कमेन्ट

  • Comment Link ananda adhikari. आइतवार, 21 फेब्रुअरी 2010 04:00 posted by ananda adhikari.

    malai ta yo momin ekadami ramro laghacha tara yo achamma ko language ma rakhaka la bujhana malai ra sabai lai difficult bhayo k yas lai nepali ma translate garara junkiri patrika ma rakhna mildhaina yadi malcha bhana please milai dinus na huncha.

    यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

कमेन्ट गर्नुस्


NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…