निन्जा टाउनलाई टावर डिफेन्स भिडियो गेम प्लेयर पनि भन्न सकिन्छ। अक्टोबर २८ सन् २००८ मा यसको प्रसारण सुरुआत गरिएको थियो।
नजिकैको ठाउँको ज्वालामुखी रहस्यमय ढंगले विस्फोट हुनुअघि निन्जा एउटा शान्त तथा रमणीय ठाउँ थियो। त्यसपछि मिस्टर डेमोन तथा उनका सम्पूर्ण खराब सहचारीहरू मिलेर निन्जा सहरलाई आक्रमण गर्छन्। यसपछि ओल मास्टर र निन्जाको भूमिकामार्फत यो खेल खेल्ने खेलाडीले सबै निन्जाहरूलाई एकत्रित पारी खलनायक मिस्टर डेमोन र उसका सहचारीले गरेको आक्रमणलाई निस्तेज पार्न लागिपर्नुपर्छ।
निन्जा टाउन भन्ने यो खेल सनिमल्स नामक पुतलीहरूमा आधारित भई निर्माण गरिएको हो। पुतलीमा आधारित खेलहरू अनुपयुक्त मानिए पनि यो कुरा निन्जा टाउनमा लागु हुँदैन। यो त यो खेलको एउटा रमाइलो विशेषता पनि भयो नि त, हैन?
तिमीले प्लेस्टेसन–३ मा पिक्सलज मन्सटर खेलेका छौ भने यसका खेलमा केके समावेश छन् राम्ररी जान्न सक्छौ। यसमा तिमी नायक बनेर आक्रमणका क्षणक्षणका तरंगलाई सामना गर्न हरबखत तयार रहनुपर्छ। निन्जा सहरमा दुस्मनसँग लड्दा तिमीले ठाउँठाउँमा निन्जा झुप्रो बनाउँछौ। सो घरमा भएका केही जोडी निन्जाले शत्रुलाई आक्रमण गर्न सहयोग गर्छन् र तिनले तिमीलाई युद्ध जित्न मद्दत गर्छन्। तिमी लड्दै गर्दा हार्यौ भने प्रत्येक हारमा तिम्रो मुटुको धड्कन घट्दै जान्छ। अन्त्यमा तिम्रो धड्कन रोकिन्छ। अनि त तिमीले युद्धको लक्ष्य नभेटी विरगति प्राप्त गर्छाै।
राक्षसहरूसँग प्रतिरक्षा गर्दा थुप्रै सजिला ठाउँमा निन्जा छाप्रो राख्नुपर्छ र प्रत्येक छाप्रोका लागि निश्चित मात्रामा कुकिज (बिस्कुट) आवश्यक हुन्छ। लक्ष्यप्राप्तिमा अघि बढ्दा पनि तिमीले त्यही निश्चित मात्राको कुकिजबाट सुरुआत गर्नुपर्छ र प्रत्येक शत्रुलाई जित्दा तिमीले थप कुकिजहरू पनि जित्दै जानेछौ।
निन्जा छाप्रोलाई तिमीले सुधार गरी राम्रो बनाउन पनि सक्छौ। अरू भव्य महलहरू पनि बनाउन सक्छौ। जति राम्रो निन्जा घर बन्छ उति नै अनुपातमा निन्जाहरूको विशेषता बढ्छ। उनीहरू थप शक्तिशाली हुन्छन्।
निन्जा छाप्रोलाई परिवर्तित गराउनुबाहेक विभिन्न भवनहरू बनाउन सक्छौ, जस्तै ट्रेनिङ डोजो, जसले लडाकु निन्जाको प्रभावकारिता बढाउँछ।
खेलका केही शत्रु भनेका स्पिडी डेभिल, ट्राइबल डेभिल, फर्क्ड टंगिज हुन्। फर्क्ड टंगिज त जतिपटक हार्छ उतिपटक पुनर्जीवन प्राप्त गर्छ। यसबाहेक निन्जा बेबी नामक पात्रले आफ्नो रसिलो व्यवहारले निन्जाका शत्रुलाई भुलाइरहँदा उता निन्जाले युद्ध तयारी गर्न सक्छन्।
नयाँ भवनहरूमा बस्ने निन्जामध्ये सुरुआतमा तिमीसँग बी निन्जा तथा एन्टी निन्जा नामका सहचारीहरू हुनेछन्। एन्टी निन्जा सुस्त भएपनि अति नै शक्तिशाली छन्। यसप्रकार खेल अगाडि बढ्दै जाँदा अन्य थुप्रै निन्जा पनि थपिँदै जान्छन्। विजनस निन्जा, माउन्टन निन्जा, बी निन्जा र एन्टी निन्जाहरू फुर्तिला लडाकु दस्ता हुन्। स्निपर निन्जा, ह्वाइट निन्जा, फरेस्ट निन्जा र लाभा निन्जा क्षेत्रगत लडाकु हुन्।
छत्तीस वटा लक्ष्य र ९ डिस्ट्रिक्टमा बाँडिएको सिंगल प्लेयर गेमबाहेक मल्टिपल प्लेयर पनि पाइन्छ। सिंगल र मल्टिकार्ड खेल दुईजना खेलाडीका लागि डिजाइन गरिएको हो। मल्टिपल प्लेयर खेलमा तिमीले आफ्नो निन्जा सहर बचाउन दुस्मनविरुद्ध लड्नेछौ। यो भर्सन अति नै चाखलाग्दो छ।
निन्जाहरू निकै नै उज्याला र रंगीन देखिन्छन् र तिनका राक्षस शत्रुहरूचाहिँ हेर्दै डरलाग्दा चाहिँ हुँदैनन्। तिमीले खेल खेल्दै गर्दा स्त्रि्कनको टुप्पामा शत्रुहरू आक्रमण गर्न कताबाट आउँदैछन्, कोको आउँदैछन् त्यो देख्न सक्छौ भने तिमीसँग मुटुको कति धड्कन बाँकी छ, कुकिज कति सकिँदैछ ती सबै कुरा देखिन्छ।
निन्जा टाउनको प्रस्तुति सामान्यस्तरको र आकर्षक दुवै छ। अँ! तिमीहरूलाई निन्जा टाउनको कथानक बुझ्न कुनै अप्ठेरो भोग्नुपर्दैन। किनकि यसमा भएका सबै संवादहरू स्त्रि्कन लेखिन्छ जुन तिमीले राम्ररी पढ्न पनि सक्छौ। निन्जाले निर्वाह गर्ने चरित्रलाई स्पिच ब्यालुनमा देखाइन्छ, त्यसैले कुन पात्रले के भन्दैछ त्यो सजिलैसँग खुट्याउन मिल्छ। यसलाई तिम्रो गतिमा पढ्न मिल्ने बनाउन सक्छौ। अझ यसलाई नबुझेको ठाउँमा रोकीरोकी सुन्न वा पढ्न सक्छौ। क्या मज्जा!
खेल जितिसकेपछि जित्नेले टोकन पनि पाउँछ। यस खेलका निर्माणकर्ता ब्रान्डन करिअलले यो खेल सबैका लागि निकै रमाइलो हुने बताउँछन्। ती निर्माणकर्तालाई मन पर्ने अन्य खेल पनि रहेछन्, जस्तै गड अफ वार, सुपर मारियो ३, वर्ल्ड अफ एयरक्राफ्ट, ग्रिम फान्डान्जो, बेग्रेन्ट स्टोरी, साइलेन्ट हिल २ आदि। यी खेलबाट तिमीजस्ता साना नानीले मनोरन्जन लिन सक्ने बताउँछन् उनी।
यो खेलमा हुने लडाइँ भनेको निन्जा र मिस्टर डेमोनको हो। खेलको प्रमुख शत्रु मिस्टर डेमोनले त्यो सुन्दर सहरलाई किन भताभुंग पार्न चाहन्छ त्यो कुरा खासै स्पष्ट नभएको बताउँछन् थुप्रै मानिसहरू। निन्जा टाउन खेलले पारखीमाझ बटुलेको चर्चाले थुप्रै पुरस्कार प्राप्त गरेको थियो।
खेल भनेको फुर्सद मिलाएर खेल्ने कुरा हो नि! खेलमै लागेर पढाइलाई चटक्कैचाहिँ नछाड्नू, है!
Related Video
Dim lights Embed Embed this video on your siteकमेन्ट गर्नुस्
इपेपर
कमेन्टहरू
-
the next new nepali designer is on the way. Fell…
Written by Jagat Bahadur Khapangi
फेसनमा फड्को (जीवन शैली)
-
Sima's stories sound nice. And Mr. pranjali's way of going…
Written by k lama
अनौठो कथावस्तु (समिक्षा)
-
नेपालमा आफ्नालागी होइन देश र जनाताकालागी सोचने कोही नेता रहेनछ्न…
Written by janardan dahal
देश जहीँको तहीँ (आवरण कथा)
-
$25 ko pani note hunchha ni Dai tyo chahi bhetnu…
Written by Sunil Gautam
नियमले चलेको देश (घुमफिर)
जूनकिरी
-
तितोसत्यका राज
…हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…
-
रंगसँगै रमाइलो
बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…
-
विद्यालय टाढा छ
…ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…
-
पोखरा हुदै गोरखा
पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…
-
साना गुरु
सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…
-
कम्प्युटर डल्लो हुँदोरैछ
बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…
